एकचोटी समुदायमा फोहरबाट हुने समस्याको साझा सोंच भएपछि त्यसले समस्याको समाधानको लागि कदम चाल्न सक्छ, शुरुवात चाहिं समुदायको आवश्यकता र सामथ्र्यतासँग मिल्न सक्ने योजनाबाट हुन सक्छ । एउटा सम्पूर्ण सामुदायिक फोहर कार्यक्रममा तल लेखिएको सबै कदमहरू समावेश हुन सक्छन् (अधिक जानकारीको लागि अघिल्लो केही पृष्ठ) उत्पादित फोहरको मात्रा घटाउनुहोस्, खासगरी विषाक्त र पुनः प्रयोग गर्न नमिल्ने सामानहरूको । फोहर हुने ठाउँमा नै फोहरलाई छुट्याउनुहोस् । अन्न र अरु कुहिने वस्तुको प्राङ्गारिक मल बनाउनुहोस् । पुनः प्रयोग गर्न मिल्ने सबैलाई पुनः प्रयोग गर्नुहोस् । सामानहरू पुनः प्रशोधन गर्नुहोस् र सरकार र कारखानालाई सामुदायिक पुनः प्रशोधन कार्यक्रमको लागि दबाव दिनुहोस् । फोहरलाई सुरक्षित तरिकाले संकलन, ढुवानी र भण्डारण गर्नुहोस् । यस्तो काम गर्ने मानिसलाई मुनासिव ज्याला र सम्मान गर्नुहोस् । पुनः प्रयोग र पुनः प्रशोधन गर्न नमिल्ने फोहरलाई सुरक्षित तरीकाले विसर्जन गर्नुहोस् । फोहर कम गर्ने हाम्रो घरमा, बाटोमा र खेतमा हुने फोहरको सुरुवात कारखानामा उत्पादन हुने र पुनः प्रयोग र पुनः प्रशोधन गर्न नमिल्ने वस्तुबाट हुन्छ । सामुदायिक कार्यक्रमको एउटा उद्देश्य मानिसहरूलाई फोहर हुने थोरै सामान प्रयोग गर्न मद्दत गरी फोहरलाई दीर्घकालीन रूपमा कम गर्नु हो । फोहर कम गर्ने केही उपायहरूः धेरै पत्रमा बेरिएको सामान खरिद नगर्ने । सिसा र दह्रो कागजलाई, प्लाष्टिक र फलामको सट्टामा प्रयोग गर्ने । आफ्नै टोकरी र झोला प्रयोग गर्ने र बजारमा दिइएको प्लाष्टिकको झोला नलिने । एकैचोटी धेरै खाना किन्ने जसले घरमा ल्याइने झोलाहरू कम हुन्छ । समुदायले व्यापारी र स्थानीय सरकारसँग मिलेर व्यवस्थापनपन र स्वास्थ्य समस्या ल्याउने सामानलाई समुदायमा आउनबाट रोक लगाउन सक्छ । सामुदायिक संस्थाले सरकारलाई दबाब दिएर व्यवसायीहरूलाई उनीहरूले उत्पादन गरेको फोहरको जिम्मेवारी उठाउन कानुन बनाउन लगाउन सक्छ । प्लाष्टिकका झोलालाई निषेध गरिनु अलस्काको इम्मोनाक गाउँको बाहिर प्लाष्टिकका झोलाहरू फोहर फाल्ने ठाउँबाट निस्कन्थे र हावामा उड्ने गर्थे । गलेना नाम गरेको नजिकको शहरमा गएर रुखमा अड्किन्थे वा स्युकुन खोलामा बग्थे । नदिहरू समुद्रमा मिसिने ठाउँमा प्लाष्टिकका झोलाहरू मरेका सील र सालमोन मा बेरिएको अवस्थामा पाइन्थ्यो । तीनवटा गाउँले प्लाष्टिक १९९८ मा निषेध गरेको हुनाले यो समस्या अहिले हुँदैन । यही कुरालाई अगाडि बढाउँदै, अलस्का प्रान्तका अरु ३० वटा समुदायले पनि प्लाष्टिक निषेध ग¥यो र यो अहिले बढ्दै छ । शहर र गाउँहरूमा मानिसहरूलाई कागज र कपडाको झोला बोक्न प्रोत्साहन गरिन्छ, जुन धेरै वर्षसम्म प्रयोग गर्न सकिन्छ । अलस्कामा प्लाष्टिकविरुद्ध अभियानमा, वातावरण संरक्षण विभाग र स्युकुन नदि जलाधार भित्र बस्ने समुदायले मानिसलाई प्लाष्टिक झोलालाई अरु कुरा बनाएर कसरी पुनः प्रयोग गर्ने भनेर कार्यक्रम सञ्चालन ग¥यो । अब मानिसहरू प्लाष्टिकको झोलालाई काटेर हाते व्याग, ढोकामा राख्ने चकटी टोकरी र अरु महत्वपूर्ण सामानहरू बनाउँछन् । उनीहरू त्यसलाई बेचेर पैसा पनि जम्मा गर्छन् जसले कुनै बेला नाला जाम गर्ने र बाटोभरि फोहर हुने गथ्र्यो स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका