निर्मलीकृत पोका घाउ सफा गर्ने तथा ढाक्ने गज (Gauze), रगत रोक्ने गज, पन्जाहरू र अन्य उपकरण सफा गरेर सूक्ष्मजीवरहित पारेर राखिएको हुन्छ । पोकाको भित्री भाग समेत निर्मलीकरण गरिएका हुनाले, त्यस पोकाबाट कुनै उपकरण झिकेर प्रयोगमा ल्याउन सकिन्छ । तर, त्यस पोकाबाट कुनै उपकरण झिकेर प्रयोग गरेपछि वा पोका भिज्यो वा त्यसमा प्वाल पर्यो भने, अव त्यसभित्रका सामाग्री दूषित भएका मानिन्छन्। निर्मलीकरण गरिएका पोकामा रहेका सामग्रीमध्ये एकपटक मात्रै प्रयोग गर्ने (Disposible) सामग्रीलाई प्रयोग सकिनासाथ विसर्जन गर्नुपर्छ । तर त्यहाँ भएका केही सामानहरू पुनः प्रयोग गर्न सकिने खालका पनि हुन्छन्, तर तिनलाई पुन प्रयोग गर्नुअघि राम्ररी सफा गर्नुपर्छ र निर्मलीकरण गनुपर्छ । पन्जाहरू उमालेर वा वाष्पीकरण गर्न सकिन्छ । थर्मोमिटर हरेक पटक प्रयोग गर्नुअघि वा पछि थर्मोमिटरलाई साबुनले धुनुपर्छ र चिसो तर सफा पानीले पखाल्नुपर्छ । तातो पानीको प्रयोग गर्दा थर्मामिटर फुट्छ । धोइसकेपछि थममिटरलाई २० मिनेटसम्म अल्कोहलमा भिजाएर राख्नु ठीक हुन्छ । इथाइल अल्कोहल, आइसोप्रोपाएल अल्कोहल वा मेडिकल अल्कोहल (इथानोल) प्रयोग गर्न सक्नु हुन्छ । थर्मामिटर प्रयोग गर्नुअघि सफा पानीले पखाल्नुपर्छ । पत्ती साल–नाल काट्ने पत्तीहरू प्रायः निर्मलीकरण गरिएका पोकाहरूमा आउँछन्। पोकालाई निर्मल राखिरहन, त्यसलाई सफा कागज वा कपडाले बेरेर वा सफा र सुख्खा बाकसमा राख्नुपर्छ । प्याकेट भिज्यो वा त्यसमा फोहोरमैला लाग्यो भने पत्तीलाई फेरि निर्मलीकरण नगरी प्रयोगमा ल्याउनु ठीक हुँदैन । पज्जा अधिकांश प्लास्टिकका पन्जाहरू उमाल्न वा वाष्पीकरण गर्न सकिन्छ तर केही पन्जाहरू पानीमा राख्दा फाट्ने खालका हुन्छन्। उमालेर निर्मलीकरण गर्न मिल्ने दुईचार पटक प्रयोग गर्न सकिने खालका पन्जाहरू किने बेस हुन्छ । पन्जाहरू उमाल्नु वा वाष्पीकरण गर्नुअघि, पन्जाको नाडी छोप्ने भित्रीभाग बाहिर पट्टि पट्याउनुपर्छ । पन्जा निर्मलीकरण गरिसकेपछि त्यसका भित्री भागमा मात्र छुनुपर्छ । बाहिरी भागमा छोयो भने त्यो दूषित हुन्छ । आफूसँग भएका पन्जा उमाल्न नमिल्ने खालका छन् भने तिनलाई होसियारीपूर्वक धोएर र ब्लिच वा मेडिकल अल्कोहलमा डुबाउनुपर्छ । त्यसपछि तिनको पुनः प्रयोग गर्नुअघि तिनलाई सफा पानीले पखाल्नुपर्छ । सुई निर्मलीकरण नगरिएका सुई प्रयोग गर्दा धेरै मानिसलाई हेपाटाइटिस वा एचआईभी/एड्स जस्ता गम्भीर सङ्क्रमण पनि हुनसक्छन् । पुनः प्रयोगमा आउने सिरिञ्ज र प्रयोग गरी विसर्जन गरिले सिरिञ्ज पुनः प्रयोगमा आउने सिरिञ्जहरू बारम्बार प्रयोग गर्न सकिन्छ । पुनः प्रयोगमा आउने सिरिन्जको उपयोगले फोहोर उत्सर्जन कम हुन्छ र पैसाको बचत पनि हुन्छ, तर तिनलाई धेरै होसियारीपूर्वक सफा गर्नु पर्दछ र हरेक पटक प्रयोग गर्नुअघि निर्मलीकरण गर्नु पर्दछ । आजकल यो प्रयोग गरिँदैन । प्रयोग गरी विसर्जज गरिले सिरिल्जहरू एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न सकिदैन । कुनै कुनै प्रयोग गरी विसर्जल गरिजे सिरिन्जको भाग भागमा छुट्याउन सकिन्छ, उमाल्न वा वाष्पीकरण गर्न सकिन्छ र त्यसलाई पनि धेरै पटक प्रयोग गर्न सकिन्छ । हामी त्यसो गर्न सल्लाह दिदैनौ, किनभने राम्ररी निर्मलीकरण नगरिएका सुईका कारणले रोग फैलिन सक्छ । याद गर्नुहोस्: पुनः प्रयोगमा आउने सिरिन्ज वा सुईहरू पनि सफा र निर्मलीकरण जगरी कहिल्यै प्रयोग जगर्नुहोस् । शारीरिक फोहोरहरू शारीरिक फोहोरहरूलाई विसर्जन गर्ने सबैभन्दा सजिलो तरिका तिनलाई शौचालयमा लगेर बगाउनु वा गहिरो खाल्डो खनेर पुर्नु हो । धेरै समुदायमा, साललाई खाल्डो खनेर गाड्ने चलन छ र कहीं कहीं अरू केही खास सामान सँगसँगै पनि गाडिन्छ । धेरै मानिसहरूका निम्ति साल गाड्नु एउटा धार्मिक-विधिका रूपमा रहेको छ र सालमा हुर्किन सक्ने सूक्ष्मजीवहरूबाट समुदायको सुरक्षा गर्ने यो एउटा उपाय समेत हो । धारिला तथा तिखा फोहोरहरू धारिला तथा तिखा फोहोरहरू एउटा ठाउँमा राख्नुपर्छ ताकि ती वस्तुले चोट नपुयाउन्। त्यसपछि त्यसलाई सिलबन्दी गर्नुहोस् र गहिरो खाडल खनेर पुर्नुपर्छ । अल्य फोहोरमैला प्लास्टिकका पन्जाहरू, सिरिन्जका नाल, वा रगतले भिजेका कपडाजस्ता अन्य फोहोर-मैलालाई निर्मलीकरण गरी गहिरो खाल्डो खनेर पुर्न सकिन्छ । त्यस्ता फोहोरमैलालाई २० मिनेटसम्म ब्लिचमा भिजाएपछि निर्मलीकरण हुन्छ । सावधाज ! प्लास्टिकका पन्जा, सिरिञ्ज वा अल्य कुनै पनि प्लास्टिक जडढाउनुहोस् । बलिरहेका प्लास्टिकका फोहोर–मैला खतरनाक हुन सक्छन् । प्लास्टिक बलेर निस्केको धुँवा र बनेको खरानी धेरै विषालु हुन्छ । फोहोरमैलालाई खाल्डो खजेर पुर्ने तरिका सुरक्षित फोहोर–मैला खाल्डो १. १ देखि २ मिटरसम्म चौडा र २ देखि ५ मिटरसम्म गहिरो खाल्डो खन्नुपर्छ । त्यस्तो खाल्डोको पीध पानी भेट्टिने ठाँउ भन्दा कम्तीमा १.५ मिटर माथि नै हुनु पर्छ । खाल्डोको भित्री भागमा कमसेकम १०से.मी. चौडा माटो वा ढुङ्गा वा इटाको वर्ह | खाल्डोको मुखमा आली लगाउनुपर्छ ताकि जमिनको पानी बगेर खाल्डामा नजाओस्। जनावरहरू नजाउन् भन्नका लागि खाल्डाका वरिपरि 7च्नु फोहोरमैला तार-वार लगाउनुपर्छ ।त्यस खाल्डामा फोहोरमैला राखेपिच्छे फोहोरमैलालाई १० से.मी. बाक्लो हुने गरी माटो वा माटो र चुना मिसाएर छोप्नुपर्छ । फोहोरमैलाले खाल्डोको आधा भाग भरिएपछि त्यसलाई आधा मिटर माटोले पुर्नुहोस् र कम्तीमा ९० से.मी. बाक्लो कङ्क्रटको तहले सिलबन्दी गर्नुहोस्। खाल्डामा मेडिकल फोहोरमैला (medical wastes) मात्र फ्याल्ने हो र आमरूपमा उत्सर्जित फोहोरमैला त्यहाँ विसर्जन नगरिने हो भने, यो चाँडै भरिँदैन । फोहोर-मैला विसर्जज्ञ स्थल सामान टिप्ने मानिसका निम्ति खतराजन्य हुन्छ, त्यस्तै पुनः प्रयोग गर्नका निम्ति त्यहाँका सिरिन्ज किन्ने मानिसका निम्ति पनि खतरा हुन्छ । जब कुनै सिरिन्ज पुनः प्रयोगका निम्ति उपयुक्त रहँदैन, त्यसलाई सुरक्षित तवरले ठेगान लगाउनुपर्छ । प्रयोग गरिएका सुईहरू फोहोरमैला विसर्जन स्थलमा पठाउनै पर्दछ भने, पहिले तिनलाई निर्मलीकरण गर्नुहोस् र तिनलाई कुनै बाकस वा टिनमा सिलबन्दी गर्नुपर्छ । स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका