धुलोबाट बिरामी चट्टान र खनिजको धुलोबाट हुने फोक्सो खराबी प्रमुख स्वास्थ्य समस्या हो । चाहे तपाइले भूमिगत वा सतहमाथि उत्खनन गर्नुहोस् । तपाईको फोक्सोमा खराबी आउन सक्छ, यदिः धुलोले तपाईको लुगा, शरीर र तपाईले काम गर्ने सामान ढाकेको छ भने । तपाई धेरै खोक्नुहुन्छ र श्वास फेर्दा समस्या हुन्छ भने एक पटक धुलोले फोक्सो बिगा¥यो भने यसलाई स्वस्थ बनाउने अरु कुनै उपाय हुँदैन । खानी मजदुर र खानी नजिकैका समुदाय दुवैलाई धुलो खतरा हो । कोइलाको धुलो सबैभन्दा हानिकारक धुलो हो जसबाट फोक्सो कालो हुने रोग लाग्दछ र सिलिकाको धुलोले सिलिकोसिस हुन्छ । एबेस्टस वा गह्रौं धातु भएका धुलो पनि हानिकारक हुन्छ । फोक्सो बिग्रनुका संकेतहरू खानी खनन्बाट उत्पन्न धुलोले श्वास फेर्न गाह्रो बनाउँछ । धुलोको धेरै मात्राले फोक्सोमा तरल पदार्थ जाने र फुल्ने गर्दछ । धुलोबाट फोक्सो बिग्रनुका संकेतहरूः छोटो श्वास लिनु, खोकी र श्वास फेर्दा कठिनाई हुनु । खोकीसँगै हरियो वा पहेंलो खकार आउने । स्वर सुक्ने । कान र ओठको छाला निलो हुने । ज्वरो आउने । छाती दुख्ने । भोक नलाग्ने । थकान हुने । फोक्सो कालो हुने, सिलिकोसिस र एक्बेस्टोसिस धेरै खतरनाक हुन्छन् जसको कुनै उपचार छैन । त्यसैले हानिकारक धुलोको सम्पर्कमा नआउनु नै उत्तम उपाय हो । यी रोगहरूले चाँडै नराम्रो असर पु¥याउँदछ । त्यसैले माथिका कुनै लक्षण देखिएमा वा यस्ता धुलोको सम्पर्कमा आएमा तुरुन्तै स्वास्थ्य कार्यकर्ताकासँग जचाउँन जाने । धूमपानले धुलोले फोक्सोको खराबी गर्ने खतरा झन् बढाउँछ त्यसैले खानी मजदुरहरूले सूर्तीजन्य धूमपान गर्नु हुँदैन । फोक्सो कालो हुने र सिलिकोसिस फोक्सो कालो कोइलाको धुलोले फोक्सोलाई छोप्दा हुने गर्दछ जसबाट कष्टकर र स्थायी श्वासप्रश्वास समस्या हुने गर्दछ । भूमिगत कोइला खानी मजदुरहरू, बालबालिकाहरू र महिलाहरू जसले चट्टानबाट कोइला निकाल्ने काम गर्दछन्, तिनीहरूलाई कालो फोक्सो हुने खतरा बढी हुन्छ । सिलिकोसिस, सिलिकाको धुलोको सम्पर्कबाट हुने गर्दछ । सिलिका बालुवा र चट्टान उत्खननबाट निस्कने सामान्य खनिज हो जसबाट धेरै खानी मजदुरहरूलाई असर गर्दछ । उपचार कालो फोक्सो र सिलिकोसिसको उपचार गर्न सकिन्न । तर यसको असरलाई केही कम गर्न सकिन्छ । फोक्सोबाट खकार सजिलै बाहिर ल्याउनका लागि प्रशस्त मात्रामा पानी पिउने । श्वासप्रश्वास प्रणालीलाई खुल्ला राख्ने । एउटा भाँडामा उमालेको पानी र कडा गन्ध आउने जडिबुटी जस्तै मसला, पुदिना वा ज्वानु राख्ने । त्यस भाँडामाथि आफ्नो टाउको राख्ने र टाउकोलाई रुमाल वा कपडाले छोप्ने र बाफ लिने । यसलाई एक पटकमा १५ मिनेटसम्म गर्ने र दिनमा धेरै पटक गर्ने । ब्रोन्कोडिलेटरस जस्ता औषधीले श्वासप्रश्वास नली खुल्ला बनाउन मद्दत गर्दछ । अस्पतालमा रोगीलाई श्वासप्रश्वास सजिलो गराउन अक्सिजन दिन सकिन्छ । खोकीका लागि घरमै बनाएको झोलले श्वास फेर्न सजिलो बनाउँछ । यसका लागि १ भाग मह + एक भाग कागतीको रस दैनिक २ वा ३ घण्टामा एक चिया चम्चा खाने । डेरीका खानेकुराहरू जस्तैः दूध, चीज र बटरले खकार बाक्लो बनाउनुका साथै खोक्न गाह्रो बनाउने कुरामा केही मानिसहरू विश्वास गर्छन् । यदि यी खानेकुराहरू खाँदा तपाईलाई खराब महसुस हुन्छ भने सकेसम्म अन्य पौष्टिक खानेकुरा भएसम्म यी खानेकुरा नखानुहोस् । महत्वपूर्णः मदिरापानले फोक्सोका धुलो पखाल्छ भन्ने कुरा सत्य होइन । मदिरापानले झन गम्भिर स्वास्थ्य समस्या उत्पन्न गराउँछ । सम्बन्धित अन्य स्वास्थ्य समस्याहरू फोक्सो कालो हुने वा सिलिकोसिसजस्ता रोगहरू भएका मानिसमा अन्य स्वास्थ्य समस्याहरू हुन सक्ने खतरा बढी हुन्छ । जस्तैः क्षयरोग मुटुको रोग छातीको खराबी निमोनिया छालाको खटिरा फोक्सोको क्यान्सर दम बाथ ज्वरो धुलोबाट हुने हानीबाट जोगिने उपायहरू श्वास लिंदा धुलोको मात्रालाई कम गरेर फोक्सोको समस्याबाट जोगिन सकिन्छः खानी सञ्चालकहरूले खानीमा धुलो कम गर्नका लागि उपकरणको वितरण गर्नुपर्दछ । भूमिगतको खानीभित्र स्वच्छ हावा पम्प गर्ने अथवा खानीमा सतहसम्म निस्कने थुप्रै प्वालहरू हुनुपर्दछ । हावा पम्प र पंखाले स्वच्छ हावाभित्र ल्याउने र धुलो र फोहर हावालाई बाहिर फाल्ने गर्दछ । धुलो नउडाउन पानी छर्कने व्यवस्था गर्ने । माथि ट्याङ्कीमा पानी जम्मा गर्ने र पानीलाई पाइपको माध्यमबाट डण्डी र पाइपमा साना प्वालहरू वा फोहराबाट पानी झर्न दिने । पिउन नहुनु अमिलो पानी यस्तो ठाउँमा राम्रो काम आउँछ । तर खानी मजदुरहरूलाई प्रशस्त मात्रामा स्वच्छ पिउने पानीको आवश्यकता हुन्छ । काट्ने र टुक्र्याउने पानी छरेर धुलो जम्मा गर्नेखाले उपकरणहरू प्रदान गर्ने । खानी सञ्चालकहरूले धुलोयुक्त हावामा श्वास लिन जोगाउनका लागि सामग्रीहरू दिनुपर्छ । धुल्याइएको चुनढुङ्गा विष्फोटन क्षेत्र छोप्न पाल को व्यवस्था गर्ने । उपयुक्त मास्क दिने र तिनीहरू सफा र राम्रो अवस्थामा भएको कुरामा निश्चित रहने । मजदुरहरूलाई खानी क्षेत्र छोड्नु अघि फोहर लुगा फेर्नु र नुहाउनु आवश्यक हुन्छ र साथै लुगाहरू जम्मा गर्न सफा ठाउँको आवश्यकता हुन्छ । खानी सञ्चालकहरूले उत्खनन कार्यबाट उत्पन्न धुलोबाट वरपरका समुदायमा असर नुहुने उपायहरू पत्ता लगाउनु पर्ने जिम्मेवारी हुन्छ । महत्वपूर्णः धुलोले मान्छे मार्न सक्दछ । सम्भव भएसम्म धुलो कम गर्ने सबै सामग्रीहरूका साथै सुरक्षा गर्ने सामग्रीहरूको व्यवस्था उद्योगले गर्नुपर्ने माग गर्नु खानी मजदुरहरूको अधिकार हो । मास्क राम्ररी कसिएर बाध्नाले र समयसमयमा सफा गर्नाले मात्रै फोक्सोको खराबीबाट बच्न सकिन्छ । यदि तपाईले कागजको मास्क लगाउनु भएको छ भने चाँड्चाँडो परिवर्तन गर्नुहोस् । यदि तपाईले प्लाष्टिक वा कपडाको मास्क लगाउनु हुन्छ भने समयसमयमा यसलाई सफा गर्नुहोस् । खानी मजदुरले श्वास लिने हावामा धुलोको मात्रा कम गर्न सक्छन्: धुलो उड्नबाट जोगिन काट्दा वा प्वाल पार्दा सतह भिजाउने । सिलिका र कोइलाको धुलो हावामा उड्नबाट रोक्न धुल्याइएको चुनढुङ्गा छर्ने । विष्फोटन र मसिनो पार्ने क्षेत्रहरूमा धुलो जम्मा गर्न भिजेको कम्बल वा त्बचउ ले छोप्ने । विष्फोटनपछि त्यस क्षेत्रमा प्रवेश गर्नुअघि धुलोहरू सबै थिग्रिन दिने । सुरक्षा गर्ने लुगा र सामानहरू लगाउनेः खानी मजदुरहरूका लागि सबैभन्दा उत्तम मास्क भनेको रबरको मास्क हो जुन राम्ररी कसिन्छ र काम गरेका सामग्रीहरूका लागि छान्ने जाली हुन्छ । मजदुरहरूले मास्क कसरी छान्ने, प्रयोग गर्ने र राम्ररी राख्ने भन्ने बारेमा तालीम लिनुपर्छ । यदि धुलोको लागि मास्क छैन भने नाक र मुख कपडाले छोप्ने र यसलाई सर्धै धुने । चश्मा वा ग्लासले तपाईको आँखाको सुरक्षा गर्दछ । खान, पिउन र धूमपान गर्नु अघि र काम गर्दा र काम गरिसकेपछि राम्ररी हात र मुख सफा गरी धुने । सुरक्षा सामानहरू बारम्बार धुनेः धुलो लागेको झोला नहल्लाउने । यसले धुलो हावामा छरिन्छ । त्यसको सट्टा झोला धुनुहोस् । यदि तपाईलाई झोला हल्लाउनु पर्छ भने हावाले धुलौलाई तपाईभन्दा पर लगेको कुरामा ढुक्क हुनुहोस् । कपडाको झोलाले धेरै मात्रामा धुलो समाउछ । त्यसैले सकिन्छ भने प्लाष्टिकको झोला प्रयोग गर्नुहोस् । क्षयरोग खानी मजदुरहरू प्रायः हुलमुलमा बस्ने, पर्याप्त खानाबिना घण्टौंसम्म काम गर्ने र स्वास्थ्य उपचार र औषधीमा कम पहुँच हुने भएकाले उनीहरूमा क्षयरोग लाग्ने बढी खतरा हुन्छ । क्षयरोगको लक्षणहरूमा नराम्रोसँग खोकी लाग्ने, ज्वरो आउने, खकारमा रगत देखिने, कमजोर हुने, तौल घट्ने र राति पसिना निस्कने पर्दछ । राम्रो उपचार भएन भने क्षयरोग अरुलाई सर्ने तथा मृत्यु पनि हुन सक्छ । क्षयरोग सबैलाई मृत्युजनक हुन सक्दछ । तर भोक र एच.आई.भी.÷एड्स जस्ता रोगहरूबाट ग्रसित मानिसहरूलाई मुख्यतयाः झन बढी खतरनाक हुन्छ । धुलोबाट भएको फोक्सोको खराबीले क्षयरोग हुने सम्भावना बढाउँछ । राम्रो हावाको आवातजावतले क्षयरोग खानीको माध्यमबाट खानी मजदुरहरू सुत्न कोठासम्म वा घरहरूसम्म सर्ने सम्भावना कम गर्दछ । खानी मजदुर र अन्य कामदारहरूमा क्षयरोगबाट जोगिने उत्तम उपाय भनेको यी निम्न माध्यमहरूबाट स्वास्थ्यका लागि राम्रो वातावरण सिर्जना गर्नु हो । क्षयरोग फैलिनबाट रोक्न क्षयरोग ग्रसित सबैले राम्रो उपचार र औषधी पाएको कुरामा निश्चित हुनु आवश्यक हुन्छ । धेरैजसो सरकारले क्षयरोगको उपचार निशुल्क प्रदान गर्दछ । उपचारको लागि स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुहोस् । (क्षयरोगको अधिक जानकारीको लागि पृष्ठ ३५६ वा साधारण स्वास्थ्य किताब “ह्वेर देयर इज नो डक्टर” हेर्नुहोस्) स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका